• nepalpressunion@gmail.com
  • 01-5244746

शोक विज्ञप्ती


image

नेपाल प्रेस युनियन काठमाडौंका पूर्व अध्यक्ष प्रिय भाइ नकुल अर्याललाई पित्रृशोक परेको खबरले नेपाल प्रेस युनियन केन्द्रीय समिति स्तब्ध भएको छ। अर्यालका पिता दुर्गादत्त उपाध्याय अर्यालको शनिवार राती नेपाल प्रहरी अस्पताल रानीवारी काठमाडौंमा ७२ बर्षको उमेरमा निधन भएको हो। पञ्चायती शासनको सुरुआती समयमै तत्कालिन राज्यसत्ता र कम्युनिष्टहरुले दुःख दिन थालेपछि भारतको आसाममा निर्वासनमा जानुभएका अर्याल २०४२ सालको सत्याग्रहका बेला नेपाल फर्कनुभएको थियो। नेपाली कांग्रेसको अगुवाईमा भएका २०४६ साल र २०६२/६३ सालको जनआन्दोलनमा चितवनबाट सक्रिय सहभागि अर्याल एक अविचलित प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो । भरतपुर महानगरपालिका १२ मा स्थायी बसोबास गर्दै आउनुभएका अर्याल लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो। शोकको यस दुखद घडीमा नेपाल प्रेस युनियन स्वर्गीय अर्यालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका नकुल अर्याल सहित समस्त अर्याल परिवारमा समवेदना प्रकट गर्दछ। जय नेपाल।

अजयबाबु शिवाकोटी

महासचिव

नेपाल प्रेस युनियन